Ad image

कोरोना भाईरसबाट बच्न कालिकामाई गाउपालिकाद्वारा ११ हजार मास्क वितरण

ताजा अपडेट देश स्वास्थ्य २०७६ चैत्र ९, आईतवार १७:५२ गते
116 Views

पकहामैनपुर ,०९ चैत्र
पर्साको कालिकामाई गाउपालिकाले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बच्न गाउपालिका अन्तरगतका ६ वटै वडामा गरि ११ थान मास्क वितरण गरेको छ ।

गाउपालिकाले वडाध्यक्षको माध्यमबाट वडाका हरेक जनतालाई सचेतना स्वरुप मास्क वितरण गरेको हो । कोरोना भाईरसको प्रभाव सिमावर्ती विहार राज्यमा समेत फैलिएको पुष्टि भएपछि कोरोना भाईरसबाट बच्न मास्क , चौक–चौकमा साबुन पानीको समेत व्यवस्था मिलाएको वडा नं.५ का वडाध्यक्ष पवन तिवारीले जानकारी दिनुभयो ।

गाउपालिकाले कोरोना भाईरस भित्रिन नदिन विभिन्न किसिमका सचेतना अभियान समेत संचालन गरेको छ । अभियान अन्तरगत कोरोना भाईरसको लक्षण र बच्ने उपायबारे पर्चा पम्पलेट र माईकिंगबाट समेत जनतालाई सचेत गराईने वडाध्यक्ष पवन तिवारीले बताउनुभयो ।

वडाध्यक्ष तिवारीका अनुसार गाउपालिकाका स्वास्थ्यकर्मीको टोलीले घरघरमा गई जनतालाई कोरोना भाईरसको लक्षण र बच्ने उपायबारे जानकारी दिईनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *