Ad image

कोरोना भाईरसबाट बच्न व्यापक जनचेतना फैलाउने पकहामैनपुर गाउपालिको निर्णय

ताजा अपडेट ब्रेकिंग न्युज ब्रेकिंग समाचार सामाज स्वास्थ्य २०७६ चैत्र ९, आईतवार १६:३८ गते
211 Views

पकहामैनपुर ,०९ चैत्र
पर्साको पकहामैनपुर गाउपालिकाले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बच्न गाउपालिका अन्तरगतका जनतालाई विभिन्न माध्यमबाट सचेत गराउने निर्णय गरेको छ ।

गाउपालिका कार्यालयमा आकास्मिक बसेको बोर्ड बैठकले कोरोना भाईरसबाट बच्न ५ वटै वडामा जनतालाई विभिन्न माध्यमबाट सचेत गराउने , सिमानाकामा हेल्थ डेक्स राख्ने , सरकारले एक साताका लागि भारतबाट आवतजावत बन्द गरेको निर्णय कार्यान्वयन गराउन प्रहरीको सहयोगमा सिमामा आवत जावत पुर्ण रुपमा बन्द गर्ने निणर्य गरेको छ ।

गाउपालिका अध्यक्ष विजय चौरसियाले महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण छिमेकी देश भारतको विहारमा समेत देखा परेकोले पकहामैनपुर गाउपालिका सिमासंग जोडिएकाले उच्च जोखिममा रहेको बताउदै सबै जनप्रतिनिधी , स्वास्थ्यकर्मी मिलेर कोरोना भाईरसबाट बच्न जनतालाई सजग गराउनुपर्ने बताउनुभएको छ ।
गाउपालिका कार्यालय र उज्यालो नेपाल तालिम तथा परामर्श केन्द्र पर्साको सहकार्यमा भोली सोमबारदेखि कोरोना भाईरसको लक्षण र सावधानी अपनाउनुपर्ने उपायबारे टोल टोलमा प्रचार प्रसार पर्चा पम्पलेटको माध्यमबाट जनचेतना जगाउने निणर्य गरेको छ । बैठकमा उपाध्यक्ष कुशुमी देवी , वडाध्यक्षहरु वृजमोहन पाण्डेय , मदन साह कानु , ढेडी प्रसाद यादव , लेखमन पटेल, कार्यपालिका सदस्य जाकिर हुसेन , सैचारकर्मी विन्दुभुषण साह लगायतको उपस्थिती रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *