Ad image

कोरोना भाईरसबाट बच्न २ हजार थान माक्स पोखरियामा वितरण

ताजा अपडेट देश स्वास्थ्य २०७६ चैत्र ११, मंगलवार ११:३२ गते
49 Views

पोखरिया ,११ चेत्र २०७६
विश्वव्यापी महामारीको रुपमा फेलिएको (कोभिड–१९)कोरोना भाईरस सम्बन्धि पर्साको पोखरियामा मास्क वितरण तथा जनचेतनामूलक कार्यक्रम सम्पन भएको छ ।

युवा विकास नेपाल पोखरियाको सहयोगमा पोखरिया नगरपालिकाको वार्ड न ५ मा २ हजार थान मास्क वितरण भएको हो ।
यूवा बिकास नेपालको आयोजनामा मास्क वितरण कार्यक्रममा संस्था सम्बद युवाहरु , पोखरिया नगरपालिकाका नगर प्रमुख दिपनारायण रौनियारले प्रत्येक घर घरमा पुगेर २ हजार थान माक्स वितरण गरिएको हो ।

सचेतनामुलक कार्यक्रममा नगरप्रमुख रौनियारले कोरोना भाईरसबाट बच्न साबुनपानीले हाथ धुने तरिकाबारे सचेत गराईएको थियो ।
कार्यक्रममा वार्ड न ५ का अध्यक्ष उमाकान्त साह कानु, नेपाल रेडक्रस शाखा कार्यालय पोखरियाका सभापति भगवान प्रसाद कुर्मी, यूवा बिकास नेपालका अध्यक्ष राजु कुमार रौनियार सचीव म. गनि अन्सारी समाज सेवि रवि रौनियार सल्लाहकार लालबाबु प्र चौहान समाजसेवि दिनेश प्रसाद चौहान सन्जय चौहान लगायतको सहभागी रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *