Ad image

कोरोना संकटसँग जुध्न मोदीद्वारा आइतवार भारतमा ‘जनता कर्फ्यु’ घोषणा

विदेश २०७६ चैत्र ६, बिहीबार १६:१८ गते
149 Views

भारतीय प्रधानमन्त्री नरेन्द मोदीले कोरोना भाइरसको रोकथामका लागि भारतभर ‘जनता कर्फ्यु’ घोषणा गरेका छन्। भारतमा कोरोना भाइरसको संक्रमण संख्या बढेसँगै आज देशवासीलाई सम्बोधन गर्दै उनले २२ मार्च, आइतबार बिहान ७ बजेदेखि राति ९ बजेसम्म जनता कर्फ्यु लागू गरिएको घोषणा गरेका हुन्।

‘विश्वव्यापी महामारीको रुपमा फैलिएको यो भाइरस विरुद्ध लड्न जनताको, जनताको लागि, जनताद्वारा नै यो कर्फ्यु सफल बनाउन म आग्रह गर्छु,’ मोदीले भने,’यो समयमा कोही पनि आफ्नो घरबाट बाहिर ननिस्कनुस्। सबैजना आफ्नो घरमा नै बस्नुस्। यो हाम्रो लागि चुनौती हो। यो विश्वव्यापी महामारी विरुद्ध लडाई हो।’

२२ मार्चमा हुने जनता कर्फ्यूको बारेमा आफ्ना नजिकका मानिसलाई फोन वा अन्य कुनै माध्यमबाट सूचना दिन भन्दै उनले यो भाइरस विरुद्ध मानव जातिको विजय हुनुपर्ने बताए।

‘हामी बचौं, देशलाई बचाउँ, विश्वलाई बचाउँ। सेवा गर्नेको धन्यवाद दियौं।’

विश्वभर फैलिएको भाइरसबाट वृद्धवृद्धाहरु धेरै प्रभावित भएको भन्दै मोदीले केही हप्तासम्म ६० वर्षभन्दा माथिका नागरिकलाई घरबाट बाहिर ननिस्कन आग्रह समेत गरेका छन्। यस्तै, अत्यावश्यक काम परेको खण्डमा बाहेक प्रत्येक नागरिकलाई घरमै बस्न उनले आह्वान गरेका छन्।

कोरोना भाइरसले सबै वर्गका मानिसलाई आर्थिक रुपमा क्षति गरेको भन्दै मोदीले भने, ‘अर्थ व्यवस्थामा पनि गम्भीर असर परेको छ। त्यसैले सरकारले वित्त मन्त्रीको नेतृत्वमा कोभिड १९ इकोनोमिक रेसपोन्स टास्क फोस गठन गरेको छ। सबै वर्गको आर्थिक हितमा क्षति पुगेको यो संकटको अवस्थामा सबैजना काममा जान सक्दैनन्। त्यो बेलामा उनीहरुले पाउने पारिश्रमिक नकाट्नुस्। उनीहरुको पनि परिवार छ। उनीहरुलाई पनि आफ्नो परिवारलाई विरामी हुनबाट बचाउनु छ।’

भाइरसको त्राससँगै बजारमा खाद्यान्नको अभाव देखिएको भन्दै उनले खाद्यान्न, औषधी, लगायत अत्यावश्यक सामानहरुको कमी हुन नदिन सरकारले प्रयास गरिरहेको बताए।

‘यी सामानहरुको सप्लाई रोकिँदैन। त्यसैले जरुरी सामानहरु संग्रह गर्ने होड नगर्नुस्। पहिला जस्तो हो त्यस्तै गर्नुस्। आवश्यक सामान मात्रै जोहो गर्नुस्।’

भाइरसको बारेमा नागरिकहरु चिन्तित हुन स्वभाविक भएको भन्दै उनले यस्तो समयमा आशंका र हल्ला धेरै फैलिने बताउँदै भने, ‘ सरकारसँग यो समय नागरिकले धेरै अपेक्षा राखेका हुन्छन्। त्यो पूरा नहुन नि सक्छ। एउटा देशले अर्को देशको सहयोग गर्न सकिरहेको छैन। त्यसैले सबै नागरिकहरुले यो चुनौती विरुद्ध लड्नु पर्छ। सबै सामर्थ्य कोरोनाबाट बच्न लगाउनुपर्छ।‘

कोरोना भाइरस भारतमा देखिएपछि चिकित्सक, नर्स ,प्रहरी, सरकारी कर्मचारी,सफाइ कर्मचारी,सवारी चालक लगायत अन्य पेशाका मानिस रातदिन दुई महिनादेखि खटिरहेको भन्दै मोदीले भने, ‘ उनीहरु’ संक्रमित हुन सक्ने धेरै खतरा छ। २२ तारिखमा उनीहरुलाई धन्यवाद गरौं। ५ बजे घरको झ्याल, ढोका, बाल्कोनीमा उभिएर ५ मिनेटसम्म उनीहरुप्रति आभार व्यक्त गरौं। ताली, थाली, घण्टी बजाएर उनीहरुको हौसला बढाउ, यसले सबै देशवासीलाई एकतामा बाध्छ।’

उनले संकटको बेलामा अस्पतालमा दबाब बढ्न नदिन नागरिहरुलाई आग्रह समेत गरे। ‘रुटिन चेकअपका लागि अस्पताल जाने बानी सुधारौं। फोनमा चिकित्सकहरुबाट सल्लाह लियौं। केन्द्र, राज्य, स्थानीय लगायत सबैले यो विश्वव्यापी महामारी बाट बच्न योगदान गरिरहेको छ। नागरिकले पनि योगदान दिनु पर्छ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *