ग्राउण्ड जिरो रिपोर्ट : कसरी नापिँदैछ सगरमाथाको उचाइ ?

२९ वैशाख, काठमाडौं (सगरमाथा आधार शिविरबाट फर्किएर) । मौसमले साथ दियो भने सरकारी टोलीले अबको १५ दिनभित्र विश्वको सर्वोच्च शिखरको आधिकारिक उचाइ नाप्ने यन्त्र सगरमाथाको टुप्पोमा राख्नेछ । कम्तिमा आधा घण्टा सगरमाथा शिखरमा ग्राउण्ड नेभिगेसन स्याटेलाइट सिस्टम (जिएनएसएस) राखेर हिउँ सतह र चट्टानी सतहको उचाइ मापन गरिनेछ । […]