Ad image

थाइल्यान्डले नेपाललाई दियो ६७ रनको लक्ष्य

खेलकुद २०७६ फाल्गुन २१, बुधबार १६:३२ गते
120 Views

काठमाडौं : एसीसी इस्टर्न रिजन पुरुष टीट्वेन्टी कप क्रिकेट प्रतियोगितामा नेपालले अहिले आयोजक थाइल्यान्डसँग आफ्नो तेस्रो खेल खेलिरहेको छ । थाइल्याण्डले नेपाललाई जितका लागि ६७ रनको लक्ष्य दिएको छ ।

टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा सबै विकेट गुमाएर ६६ रन बनाएको छ ।

नेपालका लागि करण केसी एक्लैले थाइल्याण्डको ३ विकेट लिए । अभिनाश बोहराले २ विकटि सन्दीप लामिछानेले र भुवन कार्कीले १ विकेट लिए । थाइल्यान्डका ३ ब्याट्सम्यान रन आउट भए ।

दोस्रो ओभरको ५औं बलमा करण केसीले नाभिद पठानलाई क्याचआउट गराएका हुन् । तेस्रो ओभरको डेनियल जाकोभ रन आउट भए । आठौं ओभरको  अन्तिम बलमा वान्चना उइसुकलाई करण केसीले बोल्ड गरे । १०औं ओभरको दोस्रो बलमा रोवर्ट रैनालाई पनि करणले बोल्ड आउट गरे ।

१३औं ओभरको चौथो बलमा हेन्डो जोर्डनलाई भुवन कार्कीले बोल्ड गरे । पहिला तीन ओभरमा १ रन मात्रै लिएका सन्दीपले आफ्नो चौथो ओभरमा ८ रन दिएर १ विकेट लिए ।

१६औं ओभरको चौथो बलमा स्माइल सरदारलाई अभिनाश बोहराले बोल्ड आउट गरी ७औं विकेट लिए । १७.३ ओभरमा थाइल्याण्डको आठौं विकेट गुम्यो । यो विकेट पनि अभिनाश बोहराले लिए । त्यसपछि १८.३ ओभर र अन्तिम बलमा थाइल्याण्डका ब्याट्सम्यान रन आउट भए ।

थाइल्याण्डका लागि हेन्डो जोर्डनले सर्वाधिक २९ रन बनाए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *