Ad image

निजी अस्पताल मिटर व्याजी जस्ता भए : सांसद यादव

ताजा अपडेट ब्रेकिंग न्युज ब्रेकिंग समाचार राजनीतिक २०७६ फाल्गुन २३, शुक्रबार १५:३७ गते
172 Views

फागुन २३, २०७६ काठमाडौं : कोरोना भाइरससँग जुध्‍न सरकारले कुनै तयारी नगरेको आरोप समाजवादी पार्टीका सांसद प्रदीप यादवले लगाएका छन्।

कांग्रेसले कोरोना भाइरसबारे दर्ता गराएको जरूरी सार्वजनिक महत्वको प्रस्तावबारे बोल्दै उनले सरकारी अस्पतालमा पर्याप्त तयारी नभएको गुनासो गरे।  ‘सरकारी अस्पतालमा पर्याप्त तयारी छैन। निजीमा जाऊ, जनताले शुल्क तिरसक्नु छैन’, उनले भने, ‘निजी अस्पताल त मिटर ब्याजी जस्ता भएका छन्, जनताबाट जतिसक्दो असुल्ने मात्रै।’

सांसद यादवले कोरोनाबाट जोगिन प्रयोग गरिने मास्क धनी र पहुँचावालाले मात्रै पाएको गुनासो गरे। ‘मास्क पैसावालाले पाए तर गरिबले पाएनन्’, उनले भने, ‘स्वास्थ्यमन्त्रीले के तयारी गरिरहेका छन्? सरकारको तयारी कहाँ पुगेको छ? मास्क पैसावालका लागि मात्रै होर, गरिबले प्रयोग गर्नै नमिल्ने भएको हो?’ उनले संसद भवनको शौचालयमा पानी नै नभएको बताउँदै यसले सरकारको तयारी झल्काउने उल्लेख गरे।

‘संसद भवनको शौचालयमा पानी नै छैन’, उनले भने, ‘संसद भवनको शौचालयमा बसेपछि हात नधोई हिँड्ने अवस्था छ, अनि कोरोनाबाट कसरी जोगिनु?’

थाहा खबरबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *