Ad image

पकहामैनपुर गाउपालिकाद्वारा सिमा नाकामा हेल्थ डेक्स स्थापना , टोल–टोलमा सचेतना अभियान संचालन

ताजा अपडेट ब्रेकिंग न्युज ब्रेकिंग समाचार स्वास्थ्य २०७६ चैत्र १०, सोमबार १३:११ गते
224 Views

पकहामैनपुर ,१० चैत्र
पर्साको पकहामैनपुर गाउपालिकाले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बच्न सिमा नाकामा हेल्थ डेक्स संचालनमा ल्याएको छ ।
गाउपालिकाको वडा नं.५ सबैठवा र वडा नं.१ धोरेमा हेल्थ डेक्स संचालनमा ल्याएको हो । भारतमा मजदुरीको लागि कमाउन गएका नेपालीहरुलाई चेकजाच गरेर मात्र नेपाल प्रवेश गर्न दिएको गाउपालिका अध्यक्ष विजय चौरसियाले बताउनुभयो ।


नेपाल सरकारले भारतीय सिमा नाका बन्द गरेपछि प्रहरीको सहयोगमा नेपाल आउन लागेका भारतीयलाई फर्काईएको अध्यक्ष चौरसियाले बताउनुभयो । आज सोमबार मात्र सो नाका भएर नेपाल प्रवेश गरेका ३५ जना नेपालीलाई चेकजाच गरिएको सबैठवा स्वास्थ्य चौकी ईन्चार्ज राजन यादवले जानकारी दिनुभयो ।

टोल–टोलमा सचेतना अभियान संचालन

गाउपालिका अध्यक्ष विजय चौरसियाको नेतृत्वमा स्वास्थ्यकर्मी सहितको टोलीले कोरोना भाईरसबाट बच्न टोल–टोलमा आज सोमबारदेखि सचेतना अभियान समेत संचालन गरेको छ ।
गाउपालिका अध्यक्ष चौरसिया सहित उपाध्यक्ष कुसुमी देवी,वडा नं.५का वडाध्यक्ष लेखमन पटेल , वडा नं.४ का वडाध्यक्ष ढेडी प्रसाद यादव , प्रमुख प्रशासकिय अधिकृत महेश सिंह ,स्वास्थ्य संयोजक संजय सहनी ,संचारकर्मी विन्दुभुषण साह लगायतकाले आज सबैठवा , खेश्रहाको मुसहर बस्तीमा कोरोना भाईरसबाट बच्न सचेत पारेको छ भने साबुन र मास्क समेत वितरण गरेको छ ।


गाउपालिकाको बोर्ड बैठकले ५ वटै वडामा विभिन्न किसिममा सचेतना कार्यक्रम गर्ने , कोरोना भाईरसबाट बच्न विप्पन वर्गलाई मास्क र साबुनपानीको व्यस्था गर्ने निर्णय गरेको छ ।

उज्यालो नेपाल तालिम तथा परामर्श केन्द्र प्रा.ली वीरगंजको प्राविधिक सहयोगमा गाउपालिकाले कोरोना भाईरस भित्रिन नदिन विभिन्न किसिमका सचेतना अभियान समेत संचालन गरेको छ । अभियान अन्तरगत कोरोना भाईरसको लक्षण र बच्ने उपायबारे पर्चा पम्पलेट र माईकिंग गर्ने मास्क वितरण गरेर जनतालाई सचेत गराईने गाउपालिका अध्यक्ष विजय चौरसियाले जानकारी दिनुभयो ।
गाउपालिका अध्यक्ष चौरसियाका अनुसार गाउपालिकाका स्वास्थ्यकर्मी र प्रहरीकोे टोलीले घरघरमा गई जनतालाई कोरोना भाईरसको लक्षण र बच्ने उपायबारे जानकारी दिईनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *