Ad image

पकहामैनपुर गाउपालिकाद्वारा घर–घरमा मास्क र साबुन बाडने तयारी , धोरेमा ८ सय थान मास्क र साबुन वितरण

ताजा अपडेट स्वास्थ्य २०७६ चैत्र १२, बुधबार १३:१७ गते
232 Views

पकहामैनपुर ,१२ चैत्र २०७६
पर्साको पकहामैनपुर गाउपालिकाले ५ वटै वडाको घरघरमा मास्क साबुन बाडने तयारी गरेको छ । कोरोना भाईरसबाट बच्न हरेक घरमा १–१थान मास्क र साबुन वितरण गर्ने तयार िगरेको हो । आज बुधबार गाउपालिकाले वडा नं.१ धोरेमा ८ सय थान मास्क र साबुन वितरण गरेको हो ।


गाउपालिका अध्यक्ष विजय चौरसिया र वडाध्यक्ष अम्बिका सहनीको नेतृत्वमा धोरेको हरेक घरमा मास्क र साबुन वितरण गरिएको हो । सिमा नाकास.ग जोडिएको धोरे कोरोनाको उच्च जोखिममा रहेकोले स्केनर थर्मोमिटरले धोरेका बासिन्दाको तापक्रम समेत चेकजाच गरिएको थियो ।

चेकजाचमा कसैमा पनि कोरोनाको शंका नरहेको निमित प्रमुख प्रशासकिय अधिकृत महेश सिंहले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *