Ad image

पर्साका एसपी र गाउपालिका अध्यक्षद्वारा संयुक्त रुपमा प्रहरी चौकी भवनको शिलान्यास

ताजा अपडेट समाचार २०७६ फाल्गुन २३, शुक्रबार १५:१४ गते
639 Views

लालबाबु बानिया
पोखरिया २३ फागुन २०७६
पर्साको पटेर्वासुगौली गाउँपालिकाको वाड नं २ मा रहेको रंगपुर प्रहरी चौकीको नयाँ भवनको एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ ।

पर्साको प्रहरी उपरिक्षक गंगा पन्त र पटेर्वासुगौली गाउँपालिका अध्यक्ष हरिनारायण चौधरीले संयुक्त रुपमा पुजापाठ गरि बिधवत रुपमा उक्त भवन निमार्णको लागि शिलान्यास गर्नु भएको थियोे ।

गाउँपालिकाको १० लाखको आर्थिक सहयोगमा उक्त भवनको निमार्ण हुन लागेको हो । उपभोक्ता समिती मार्फत हुन लागेको भवन निमार्ण यसै आर्थिक बर्षमा सम्पन हुने गाउपालिका अध्यक्ष चौधरीले बताए ।

शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ममता महतो ,वडाअध्यक्षहरु फरमान मियाँ , बिजय गैरे, माधव राउत, मोतिलाल साह, ईलाका प्रहरी कार्यलय पटेर्वासुगौलीका प्रहरी निरीक्षक दीपक चोरवार,ईलाका प्रहरी एकटगांका प्रहरी नायब निरीक्षक पुर्ण प्रसाद दहाल,प्रहरी चौकी रङ्गपुरका सहायक निरीक्षक जाउल हक,उपभोक्त समिति अध्यक्ष महेन्द्र चौधरी,सचीव सुले्मान अन्सारी,कोषाध्यक्ष निर्मला भुसाल,धुरन चौधरी,मोतिलाल चौधरी,बिरसम्शेर ,बिगा सहनी, लगायतको उपस्थिति रहेको थियो।


One thought on “पर्साका एसपी र गाउपालिका अध्यक्षद्वारा संयुक्त रुपमा प्रहरी चौकी भवनको शिलान्यास

Leave a Reply

Your email address will not be published. Required fields are marked *