Ad image

प्रहरी चौकी परवानीपुरको निर्माणधिन भवण निरिक्षण

ताजा अपडेट ब्रेकिंग न्युज लोकप्रिय समाचार सामाज २०७६ चैत्र ४, मंगलवार ०५:४९ गते
399 Views

 

वीरगन्ज,४ चैत/

प्रहरी चौकी परवानीपुरको निर्माणधिन दोस्रो तल्ला भवणको स्थानीय सरोकारवालाले मंगलबार निरिक्षण गरेका छन । प्रहरी चौकी परवानीपुरको ईन्चार्जको कार्यभार सम्हाल्न केहि साता अगाडी आएका प्रहरी नायब निरिक्षक प्रेमराज मिश्राले निर्माणधिन भवणको निरिक्षणका लागी निम्तयाएपछि उनीहरुले निरिक्षण गरेका हुन ।

प्रहरी चौकीको निर्माणधिन भवणमा सहयोग गर्ने प्रतिवद्धता जनाएका सहगोगीहरु संस्था , व्यतिm र वडाअध्यक्षहरुले चाँडै सहयोगको सम्रागी र रकम उपलब्ध गराउन प्रहरी चौकी भवण निर्माण समितिले आग्रह गरेको छ । भने निर्माणधिन अवस्थामा रहेको प्रहरी चौकी भवणलाई चाँडै आ आफ्नो क्षेत्रबाट सहयोग गरेर समयमा सम्पन्न गर्ने सबैलाई आग्रह गरेको हो ।

यस्तै निर्माणधिन भवण निरिक्षणपछि विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको संकमणबारे जनचेतना मुलक कार्यक्रम गर्ने समितिले छलफल गरेको छ ।

निर्माणधिन भवण निरिक्षणमा प्रहरी चौकी परवानीपुरका ईन्चार्ज प्रहरी नायब निरिक्षक प्रेमराज मिश्रा, प्रहरी चौकी भवण निर्माण समितिका अध्यक्ष सोचन यादव ,सदस्य राजेन्द्र यादव, नेकपाका नेता एवं समाजसेवी रामपाल यादव ,परवानीपुर गाँउपालिका वडा नम्बर ३ का वडाअध्यक्ष अनिल राम ,वडा नम्बर ४ का वडाअध्यक्ष गजेन्द्र पटेल ,जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ का वडाअध्यक्ष असमल देवान ,वीरगन्ज महानगरपालिका वडा नम्बर २१ का वडाअध्यक्ष हबिब मियाँ ,वडा नम्बर ३० का अमानत मियाँ अंसारी, पत्रकार तिवारी यादव,स्थानीय युवा सेमु खान ,रविन्द्र पटेल , रामक्षेत्री कुशवाहा लगायतको उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *