Ad image

भारतमा जनता कर्फ्यु को कारण सिकटा भिस्वा बजार पुर्णरुपले बन्द,

ताजा अपडेट देश २०७६ चैत्र ९, आईतवार १७:०४ गते
235 Views

राजन बानिया,पोखरिया ९ चैत

कोरोना भाईरस बिरुद्ध भारतमा लगाइएको जनता कर्फ्युका कारण भारतीय पक्षले आवागमनमा रोक लगाएपछि बिहार संग सीमाना जोडिएको भिस्वा ,ईनार्वा ,जानकिटोला , भिखनाठोरी , ठोरी, भंगहा, बलुवा, मैनाटाड ,भेडिहर्नवा, बलथर ,बुढगाई ,भेलाही धोरे,प्रसौनीभाठा,सिसवा , अमरपटी, नाका सुनसान भएको छ।

भारतको नाका बिहानैदेखि ठप्प भएपछि नेपालबाट भारत जाने र उताबाट आउने क्रम रोकिएको छ । नाकामा सीमित प्रहरी र स्वास्थ्यकर्मीमात्रै छन् ।

सर्वसाधारणको आवागमन ठप्प रहेको देखिएको छ। जनता कर्फ्युका कारण नेपालसंग सिमा जोडिएका नाका बिहानै देखि पुर्णरुपले बन्द रहेको छ । नाका बन्द हुँदा कोरोनाको संक्रमण भित्र्न नसक्ने भन्दै बोर्डर अाउट पोस्ट भिस्वा बंजारी र प्रहरी चौकी भिस्वा को संयुक्त टोली ले निगरानी अपनाएको सशस्त्र प्रहरी निरिक्षक हरि पराजुली ले बताए ।

सिमा क्षेत्र हरु मा नेपाल प्रहरी र सशस्त्र प्रहरी ले दिन भरि बोर्डर मा गस्ती बढाएको थियोे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *