Ad image

महिला भलिबल : एपीएफ र आर्मी फाइनलमा

खेलकुद २०७६ फाल्गुन २१, बुधबार १६:३० गते
37 Views

नेपालगन्ज : प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। फाइनल खेल बुधबार हुनेछ। मंगलबार भएको सेमिफाइनल खेलमा एपीएफ क्लबले न्यु डायमन्ड स्पोर्र्ट्स क्लबलाई र आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरी सेमिफाइनलमा स्थान पक्का गरेका हुन्।

पहिलो सेमिफाइनल खेलमा एपीएफ क्लबले न्यु डायमन्डमाथि सोझो सेटमा जित हात पार्‍यो। एपीएफ क्लब २५–२४, २५–१७, २५–१८ अंकले विजयी भयो। एपीएफ क्लबकी पूजा चौधरी वुमन अफ दी म्याच घोषित भइन्। आर्मी र पुलिस क्लबबीचको दोस्रो सेमिफाइनल खेल भने निकै प्रतिस्पर्धात्मक बनेको थियो।

पहिलो सेटमा आर्मी क्लब २५–२३ अंकले अगाडि रह्यो। दोस्रो सेटमा पुलिस क्लब २५–२० ले विजयी बन्यो। तेस्रो सेटमा पनि पुलिस क्लब २५–२१ अंकले विजयी भयो। चौथो सेटको नतिजालाई आर्मी क्लबले २५–१४ ले आफ्नो पक्षमा पार्‍यो। पाँचौं सेटको नतिजालाई पनि १५–८ ले आफ्नो पक्षमा पार्दै आर्मी क्लब फाइनलमा पुग्यो। उक्त खेलमा आर्मी क्लबकी कोपिला राना वुमन अफ दी म्याच घोषित भइन्। बुधबार तेस्रो स्थानका लागि न्यु डायमन्ड र नेपाल पुलिस क्लबबीच पहिलो खेल हुनेछ। त्यसपछि बुधबार नै फाइनल खेल पनि हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *