Ad image

वडाध्यक्ष तिवारीले निजी खर्चमा वितरण गरे २९ परिवारलाई राहत

ताजा अपडेट समाचार २०७६ चैत्र २६, बुधबार १२:१८ गते
335 Views

पकहामैनपुर , २६ चैत्र
पर्साको कालिकामाई गाउपालिका वडा नं.५का वडाध्यक्ष पवन तिवारीले व्यक्तिगत रुपमा २९ घर परिवारलाई राहत वितरण गरेका छन ।
वडाध्यक्ष तिवारीले वडा अन्तरगतका अति विप्पन गरिब घर परिवारलाई राहत स्वरुप प्रति परिवार ७ किलो चामल , २ किलो आलु , मटर , साबुन र नुन १ किलोका दरले वितरण गरेका हुन ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बच्न सरकारले लकडाउनको घोषणा गरेपछि कमाएर गुजारा चलाउने अति विप्पन परिवारलाई दैनिकी चलाउन कठिन नहोस तथा कोही भोकै नबसोस भन्ने उदेश्यले आफनो निजी खर्चमा राहत वितरण गरिएको बताउनुभयो ।

यसैगरि दोस्रो चरणमा प्रदेश सरकारको अनुदानबाट वडाध्यक्ष तिवारीले ३ सय १८ घर परिवारलाई राहत वितरण गर्नुभएको छ । वडा अन्तरगतका अति विप्पन , गरिव , एकल महिला घर परिवारलाई प्रति परिवार ८ किलो चामल ,७५० ग्राम दाल ,२ किलो आलु ,नुन १ किलो र सोयाविन वितरण गरेका हुन ।

सरकारले लकडाउनको समय सिमा बढाए आफुहरु गाउपालिकाका तर्फबाट फेरि राहत वितरण गर्ने बताउनुभयो । वडाध्यक्ष तिवारीले लकडाउनका कारण कोहि कसैलाई समस्या हुन नदिन आफुहरु गम्भिर रहेको बताउनुभयो ।
आफुहरु मानवताको हिसाबले संकटको बेला राहत वितरणको फोटो भने नलिएको बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *