Ad image

संघिय सरकारको निर्देशन सबैलाई मानुपर्छ –नेकपा नेता यादव

देश ब्रेकिंग न्युज ब्रेकिंग समाचार राजनीतिक समाचार सामाज २०७६ चैत्र २६, बुधबार ०९:४४ गते
322 Views

वीरगन्ज,२६ चैत/
सतारुढ दल नेपाल कम्युनिष्ट पार्टि (नेकपा) बाराका नेता रामपाल यादवले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैल्न नदिन तथा रोकथामका लागी सरकारले गरेको लकडाउनलाई आ–आफ्नो क्षेत्रबाट सबैलाई पालना गर्ने आग्रह गरेका छन ।
उनले कोरोना भाइरसको संक्रमणका ठुलाठुला देशको अवस्थामा दिनप्रतिदिन बिग्रीदै गएकाले नेपालमा रोकथामका लागी भएको लकडाउनलाई पालना गर्ने आग्रह गरेका हुन ।
नेकपा नेता यादवले अहिलेको समयमा पार्टीगत राजनितिकको समय नभएकाले राजनिति बन्द गरेर सबैलाई एकजुट भएर महामारीबाट जोगीन आजको आवश्यकता रहेको बताए ।
यस्तो महामारीमा निर्वाचित जनप्रतिनिधि ,राजनितिक दल ,समाजिक संघसंस्था,नागरीक समाज, राष्ट्रसेवकहरुले एकआपसमा बिश्वासको वातावरण बनाएर आम जनताको सेवामा समपिर्त भएर सेवा गर्ने नेता यादवले बताए । नेता यादवले विश्वभर फैलिरहेको कोरोनाको महामारीमा सरकारी नियमको पालना गरेर संकटको समयमा महामारीबाट जोगीन आवश्य रहेको बताए ।
लकडाउनबाट प्रभावित गरीब ,अतिविपन्न ,दलित परिवार तथा दैनिक ज्यालादारीमा काम गर्नेका लागी सरकारको छुटयाएको बजेटमा मापदण्डनुसार राहत वितरण गर्ने उनको आग्रह छ । यस्तै परवानीपुर गाउँपालिकामा घर भएका नेता यादवले पनि काखापाखा नगरेर सरकारको मापदण्ड अनुसार राहत वितरण गर्ने जनप्रतिनिलाई आग्रह गरेका छन ।
साथै उनले सरकारले लगाएको लकडाउनमा प्रत्येक नेपालीले आ–आफ्नो परीवारका सदस्यलाई एक अर्कोमा कोरोना भाइरसबाट जोगीन चेतना फैल्न आग्रह गरेका हुन ।
यस्तै प्रदेश नम्बर २ को अधिकांश गाँउ गाँउमा ५ प्रतिशत व्यतिmले अहिले पनि लकडाउनलाई उलंल्घन गरी जुवातास ,क्रिकेट ,फुटलब खेलीरहेकाले यसलाइ प्रशासन र जनप्रतिधि रोकथामका लागी भुमिका खेल्न आग्रह गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *