Ad image

सामुदायिक विद्यालयको मनमोहक व्यवस्थापन : जहाँ बोर्डिङ छोडेर पढ्न आउँछन विद्यार्थी

ताजा अपडेट ब्रेकिंग न्युज ब्रेकिंग समाचार लोकप्रिय शिक्षा २०७६ फाल्गुन २२, बिहीबार ०६:४९ गते
861 Views

बिन्दुभूषण साह,
पकहामैनपुर, २२ फागुन २०७६ : सामुदायिक विद्यालयमा गुणस्तरीय पढाइ हुँदैन भन्ने मनोभावनाले ग्रामीण क्षेत्रका अभिभावकहरू आ–आफना छोराछोरीको गुणस्तरीय शिक्षाका लागि निजी विद्यालयमा पढाउन ग्रामीण क्षेत्रबाट शहर केन्द्रित हुने क्रम बढेको छ ।

सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको सिकाइ राम्रो हुँदैन भन्ने आम अभिभावकको सोचाइमा परिवर्तन ल्याइदिएको छ, पर्साको ग्रामीण क्षेत्रमा रहेको कालिकामाई गाउँपालिका–४ कटीबलुवास्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालयले ।

गउपालिकाको आर्थिक सहयोग तथा प्रधानाध्यापक ईन्द्रदेव प्रसाद कुर्मीको विशेष पहलमा मर्मतसम्भार भएपछि उक्त विद्यालयमा भौतिक पूर्वाधार तथा शैक्षिक सामग्रीले सुविधा सम्पन रहेको छ । कक्षा ८ सम्म सञ्चालित विद्यालयमा करिब ७ सय जना विद्यार्र्थी अध्ययनरत छन । विद्यालयले अनिवार्य पोशाक लागू गरेको छ । कक्षा शुरू हुनुभन्दा अगावै विद्यार्थीलाई शारीरिक व्यायाम गराउने, नैतिक शिक्षाबारे जानकारी दिने र सरसफाइको महत्व बताउने गरिएको विद्यालयका प्रधानाध्यापक ईनरदेव प्रसाद कुर्मीले बताए । प्रधानाध्यापक कुर्मीले यस बर्षदेखि कक्षा १० सम्म चलाउने भएकाले कक्षाकोठा थप ,मर्मत सम्भार तथा आवश्क शिक्षकको पदपुर्ती समेत गरिएको बताए । उनले भने गुणस्तरीय शिक्षाको लागि विद्यार्थी शान्त र मनोरम बाताबरणको आवश्यकता पर्छ विद्यालय भनेको शिक्षाको मन्दिर हो त्यसैले भौतिक पुर्वाधारदेखि लिएर सबै व्यवस्थापकिय पक्ष मजबुत पारेका छौ ।

सरकारी विद्यालयमा पढेका विद्यार्थी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिपर्धा गर्न सक्दैनन भन्ने अभिभावकको मानसिकतामा समयसँगै परिवर्तन हुँदै गएको छ । शुरू शुरूमा गाउँ नजीकको निजी विद्यालयमा छोरालाई भर्ना गरेका कटीबलुवाका रमेश साहले विद्यालयको शैक्षिक तथा भौतिक व्यवस्थापन देखेर यसै विद्यालयमा भर्ना गरेको बताए ।

कक्षा २ मा अध्ययनरत छोराको एक वर्षको पढाइ बोर्डिङ स्कूलभन्दा राम्रो रहेको बताए। साहले भने बोर्डिङ स्कूलको तुलनामा आफनो छोरा हरेक विषयमा अब्बल रहेको बताए ।पैसा तिरेर बोर्डिङ स्कूलमा पढाउनुभन्दा गुणस्तरीय शिक्षा दिने सामुदायिक विद्यालय राम्रो रहेको उनको अनुभव छ । कक्षा ५ मा अध्ययनरत विद्यार्थी अनिल साहले भने –“म यहाँ आउनु अघि बोर्डिङ स्कूलमा पढ्थें, सरकारी भएपनि यहाँ राम्रो पढाइ हुन्छ भनेर भर्ना भएको हुँ। स्कूलको परीक्षा तथा अध्यापन प्रणाली बोर्डिङभन्दा राम्रो छ। पढाइ राम्रो र खेल मैदानपनि रहेकोले हामीलाई राम्रो लागेको छ।” कक्षा ५ मा अध्ययनरत छात्रा रमिता कुमारीले भनिन–“पहिले म गाउँ नजीकैको बोर्डिङ स्कूलमा पढ्थें, यहाँपनि बोर्डिङमा जतिकै पढाइ हुने सुनेपछि बुवाले भर्ना गरिदिनुभयो, पढाइ बोर्डिङजस्तै छ।”

पर्साको ग्रामीण क्षेत्रका अधिकांश प्राथमिक सामुदायिक विद्यालयको पठनपाठन कमजोर रहेको तथा डेक्स, बेन्चको अभावमा विद्यार्थीहरू चीसो भुईंमै पढ्न बाध्य रहेको बेला यस विद्यालयको शैक्षिक अवस्था अब्बल हुँदा ग्रामीण क्षेत्रमा रहेका अन्य विद्यालयको लागि प्रेरणाको स्रोत बनेको स्थानीय अगुवा जयराम चौरसियाले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *