Ad image

सिमापारी गएका सांसद यादवसहित ४ जना होम क्वारेन्टाईनमा

ताजा अपडेट ब्रेकिंग न्युज ब्रेकिंग समाचार स्वास्थ्य २०७६ चैत्र २७, बिहीबार १०:०९ गते
227 Views

बीरगन्ज, २७ चैत्र – पर्साको क्षेत्र नं. १ सांसद प्रदीप यादवलाई स्थानीय प्रशासनले क्वारेन्टाइनमा राखेको छ । यादवलाई क्वारेन्टाइनमा राखिएको पर्साका प्रमुख जिल्ला अधिकाकारी बिष्णु कुमार कार्कीले पुष्टि गरे । “न्युनतम सुरक्षा सर्तकता नअपनाई रक्सौल पुगेको पाइएपछि मैलै क्वोरन्टाइनमा बस्न भनिसकेको छु” प्रजिअ कार्कीले भने । उनी सहित गएका २ जना पत्रकार र एक जना ड्राइभर गरी ४ जनालाई सेल्फ क्वारेन्टाइनमा राखिएको कार्कीले जानकारी दिए । यादव हिजो मात्रै नेपालीहरुको अवस्था बुझ्न भन्दै रक्सौलस्थित क्वारेन्टाइन पुगेका थिए ।

दुई जना पत्रकार सहित भीडभाड गरेर क्वारेन्टाइनमा रहेका नेपालीलाई कोठा–कोठामा पुगेर भेटेको आएको फोटो सार्वजनिक भएपछि कोरोना संक्रमण फैलने सक्ने भन्दै स्थानीयमा त्रास छाएको छ । खबर सार्वजनिक भएसँगै स्थानीयबाट दबाब बढेपछि यादवसहितका ४ जनालाई प्रशासनले सेल्फ क्वारेन्टाइनमा राखेको हो । क्वारेन्टाइनमा रहेका सबै नेपाली भारतमा कोरोनाको संक्रमण बढेपछि घर आउने क्रममा रक्सौल आइपुग्दा सीमा नाका सिल भएपछि रोकिएका थिए ।

सांसद यादव स्थानीय प्रशासनलाई थाहा नै नदिई रक्सौल पुगेको खुलेको छ । प्रशासनसँग स्विकृत लिएको हो भनेर प्रश्न गर्दा आफुलाई जानकारी नभएको र रक्सौल प्रशाशनको स्विकृतिमा जानु भएको थाहा भएको प्रजिअ कार्कीले बताए ।

त्यसरी क्वारेन्टाइनमा त्यसरी जान पाइन्छ ?
क्वारेन्टाइनमा रहेका व्यक्तिहरु सम्भावित संक्रमित हुन् । त्यसैले उनीहरुलाई १४ दिनसम्म कसैलाई भेट्न दिईदैन । स्वास्थ्यकर्मीहरुले पनि स्वास्थ्य परीक्षण गर्दा पीपीई प्रयोग गरेर मात्रै भेट्ने तथा चेकजाँच गर्नुपर्दछ । यसअघि चीनबाट उद्दार गरि ल्याइएका बिद्यार्थीहरुलाई खरिपाटी क्वारेन्टाइनमा राख्दा १७ दिनसम्म कोही कसैलाई भेट्न दिइएको थिएन ।
यस्तै, क्वारेन्टाइनमा जादाँ प्रशासनलाई जानकारी दिनु पर्ने थियो । साथै, भिडभाड गरेर लापरवाहीका साथ त्यसरी जानुले संक्रमण जोखिम बढेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *